site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
परराष्ट्रमन्त्री राणा १९ दिन लामो विदेश भ्रमणमा जाँदै, क्यानडा, अमेरिका र कतारमा कार्यक्रम 
फाइल तस्बिर ।

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा १९ दिन लामो विदेश भ्रमणमा आज (सोमबार) साँझ जाँदै छिन् । उनले उक्त अवधिमा क्यानडा, अमेरिका र कतारको भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

सबैभन्दा पहिले उनले क्यानडाको भ्रमण गर्ने कार्यक्रम छ । उनी क्यानडाको टोरन्टोमा असोज ३ देखि ४ गतेसम्म हुने ‘महिला परराष्ट्रमन्त्रीहरूको बैठक’मा सहभागी हुन त्यसतर्फ सोमबार साँझ जान लागेकी हुन् । 

बैठक क्यानडा र जमैका सरकारको सह–आयोजनामा हुन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री राणाले टोरन्टोमा महिला विदेशमन्त्रीहरूको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

परराष्ट्रमन्त्री राणा असोज ५ गते अमेरिको न्युयोर्क जाने कार्यक्रम छ । उनी क्यानडाबाट अमेरिका जानेछिन् । न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ । सोही प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री राणा सामेल हुनेछिन् । 

परराष्ट्रमन्त्री राणा राष्ट्रसंघको महासभामा सहभागी भएपछि न्युयोर्कबाट कतार आउने कार्यक्रम छ । असोज १६ देखि १७ गतेसम्म कतारको दोहामा आयोजना हुने एसिया कोअप्रेसन डायलगको तेस्रो शिखर सम्मेलनमा उनी सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

परराष्ट्रमन्त्री राणा असोज १८ गते नेपाल फर्किने कार्यक्रम छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  ११:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro