site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
प्रकाशलाई 'मिस्टर काठमाडौं'को उपाधि
SkywellSkywell

काठमाडौं । फोनिक्स फिट्शालाका प्रकाश राईले पाँचौँ मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् । विभिन्न पाँच तौल समूहका विजेतालाई पछि पार्दै प्रकाश ओभरअल च्याम्पियन बनेका हुन् ।

प्रकाश पुरुष ७५ केजीमाथि तौल समूहमा पहिलो हुँदै मिस्टर काठमाडौं उपाधि होडमा प्रवेश गरेका थिए । प्रकाशले मिस्टर काठमाडौंका लागि एक लाख ५० हजार र आफ्नो स्पर्धामा पहिलो भएबापत छुट्टै १५ हजार नगद पुरस्कार प्राप्त गरे ।

Dabur Nepal
NIC Asia

अन्य ५ स्पर्धामा पहिलो हुँदै मिस्टर काठमाडौंका लागि प्रतिस्पर्धा गर्ने खेलाडीमा पुरुष ५५ केजीमा डिभाइन फिजिकलफिट्नेसका राजकुमार मानन्धर, ६० केजीमा एक्सट्रिम फिट्नेसकाचनबहादुर थापा, ६५ केजीमा ग्यालेक्सी फिट्नेसका हर्कबहादुर राई, ७० केजीमा कालीमाटी फ्रेन्डसिप जिमका देवेन्द्र बज्राचार्य र ७५ केजीमुनि फिट्नेस टाइमका कृष्णप्रसाद श्रेष्ठ छन् । छ स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र पाँच हजार नगद पुरस्कार प्राप्त गरे ।

काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिट्नेससंघद्वारा आयोजित प्रतियोगिताको जुनियर पुरुष शारीरिक सुगठनमा डाइन्यास्टीफिट्नेस क्लबका आदित्य श्रेष्ठ पहिलो, द जिम एक्सका ऋशव श्रेष्ठ दोस्रो र अल्टिमेट लिफ्टिङ क्लबका अशिमसिंह थापा तेस्रो भए । पुरुष मास्टर्स शारीरिक सुगठनमा डिभाइनका रमेश अधिकारीले स्वर्ण, माई फिट्नेस जिमका सलिमकुराइसी दोस्रो र भुमही जिम एन्ड फिट्नेसका नवराज डुम्रे तेस्रो बने ।

पुरुष स्पोर्ट्स फिजिक १७० सेन्टिमिटरमाथि नेपाली युथ फिट एन्ड क्यालिस्थेनिककानिरल थापा पहिलो, आइरन प्याराडाइसफिट्नेस एन्ड स्पाका ज्ञानेश्वर चौधरी र फिट्नेसगराजका आकाश श्रेष्ठ शीर्ष तीन स्थानमा रहे । पुरुष स्पोर्ट्स फिजिक १७० सेन्टिमिटर मुनि अल्टिमेट लिफ्टिङ क्लबका जमेश मगर पहिलो, एक्सपोज जिमका पुकार शाक्य दोस्रो तथा न्यू गोल्ड्स फिजिकल सेन्टरका सुरजडंगोल तेस्रो भए ।

यी चार विधामा पहिलो हुनेले ३० हजार, दोस्रोले १५ हजार र तेस्रोले पाँचहजार नगद पुरस्कार हात पारे ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको महिला एथ्लेटिकफिजिकमा जिम एक्सकी सानु श्रेष्ठ पहिलो, एक्सपोज जिमकी कमला श्रेष्ठ दोस्रो र गोल्ड्स जिमकी उर्मिला श्रेष्ठ तेस्रो स्थानमा रहे । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १५ हजार नगद पुरस्कार पाए ।

विजेतालाई गृहमन्त्री रमेश लेखक, संघीय सांसद ठाकुर गैरे, पूर्वप्रदेशमन्त्री केशव स्थापित, नेपाल शारीरिक सुगठन तथा फिट्नेसमहासंघका वरिष्ठ उपाध्यक्ष विजयलाल कायश्थ, आयोजक काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिट्नेससंघका अध्यक्ष सुरेश सुवेदीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने प्रतियोगितामा २०८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  २२:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu