site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बेथिति र विचलनविरुद्ध आवाज उठाउन खोज्दा सरकार छोड्नुपर्‍यो : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बेथिति र विचलनका विरुद्ध आवाज उठाउन खोज्दा सरकार छोड्नुपरेको बताएका छन् । आइतबार बिहान झापाको बिर्तामोडमा उनले यस्तो बताएका हुन् ।

गिरीबन्धु टी–इस्टेटको हदबन्दी प्रयोजनका निम्ति गणना गर्नू भनेर सर्वोच्च अदालतले आदेश दिएको ५१ बिघा जग्गाका स्थानीयवासीलाई न्याय दिलाउन आफ्नो सक्दो पहल रहने उनले उल्लेख गरे ।

सोही ५१ बिघामा भारतीय दूतावासको लगानीमा निर्मित टेकबहादुर गिरी बसपार्कमा उक्त जग्गाको कित्ताकाट तथा किनबेच रोकिएको विषयमा आइतबार बिहान स्थानीयवासीले पूर्वप्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझ्दै उनले स्थानीयवासीलाई न्याय दिलाउन आफ्नो सक्दो पहल हुने बताए ।

उनले भने, “सायद मैले यिनै बेथिति र विचलनका विरुद्ध आवाज उठाउन खोज्दा सरकार छोड्नुपर्ने बाध्यता पनि त्यसैबाट सिर्जना भयो,” उनले भने, “तर, अब सडकबाट भए पनि, सदनबाट भए पनि, सरकारबाट भए पनि तपाईंहरूलाई न्याय दिलाउनेछु ।”

‘मर्निङ वाक’मा निस्किएका प्रचण्डलाई स्थानीयले ज्ञापनपत्र बुझाएका थिए । त्यसपछि उनले स्थानीयलाई न्याय दिन आफू लागिपर्ने बताए । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  ११:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro