site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिटौलाको सुझाव– उत्ताउलो भएर नबोल्नोस्

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले उत्ताउलो भएर नबोल्न नयाँ दलहरूलाई सुझाव दिएका छन् ।

१११औँ बीपी जयन्तीको सन्दर्भमा शनिबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले पुराना दलहरूको योगदानका कारण मुलुकमा परिवर्तन सम्भव भएको पनि बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनमतजस्ता नयाँ दलहरूलाई जनताले विश्वास गर्नु सकारात्मक पाटो भएको उनले उल्लेख गरे । तर, साँच्चै जनताका निम्ति काम गर्ने हो भने विनाकारण अरूलाई दोषारोपण नगर्न उनले सुझाव दिए ।

सिटौलाले जनताका पक्षमा काम गर्न चाहने पार्टीलाई कांग्रेस विचारको छातामा आउन समेत आग्रह आग्रह गरे । जनतालाई भ्रमित पार्ने काम कसैले गर्न नहुनेमा उनले जोड दिए ।

वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले कांग्रेसले गरेका कामलाई जनतामाझ लैजानुपर्ने बताए । कांग्रेसभित्र समस्या मात्र नभई समाधानका उपाय पनि रहेकाले पार्टीलाई कसैले कमजोर पार्न नसक्ने उनले उल्लेख गरे ।

कार्यक्रममा बीपी कोइरालाले मुलुकको परिवर्तनमा गरेको योगदानको चर्चा गरिएको थियो । हिमालयन टेली भ्वाइस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  १७:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro