site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यूएईले नेपाली दूतावासलाई बुझायो नेपाली कामदारले हराएका ५३२ थान पासपोर्ट

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) सरकारले नेपाली कामदारले हराएका ५३२ थान पासपोर्ट नेपाली दूतावासलाई बुझाएको छ । वैदेशिक रोजगारीमा गएका नेपालीले विभिन्न समयमा हराएका पासपोर्ट यूएईको वैदेशिक मामिला महानिर्देशनालय (दुबई)ले नेपाली दूतावासले बुझाएको हो ।

नेपाली कामदारले हराएका पासपोर्टहरू भेटिएपछि महानिर्देशनालयले संकलन गरेर राखेको थियो । संकलन भएका ५३२ थान पासपोर्ट एकसाथ अबुधाबीस्थित नेपाली दूतावासलाई बुझाइएको हो ।

Dabur Nepal
NIC Asia

हराएका पासपोर्ट प्राप्त गरेपछि नेपाली दूतावासले सूचना प्रकाशित गरेर यथाशीघ्र आफ्नो पासपोर्ट संकलन गर्न आउन अनुरोध गरेको छ ।

“राहदानी संकलन गर्न आउँदा व्यक्ति स्वयम् आफ्नो नागरिकताको फोटोकपी लिएर आउनुपर्ने बेहोरासमेत जानकारी गराइन्छ,” दूतावासले भनेको छ । 

यूएईले अवैध विदेशी कामदारलाई वैध हुन दुई महिनाको समय दिँदै ‘एम्नेस्टी (आममाफी) २०२४’ कार्यक्रम घोषणा गरेपछि भेटिएका पासपोर्ट नेपाली दूतावासलाई हस्तान्तरण गरेको हो ।

यूएईले सेप्टेम्बर र अक्टोबर महिनामा अवैध रहेका कामदारलाई वैध बन्न एम्नेस्टी घोषणा गरेको छ । आफ्नो साथमा पासपोर्ट नहुने, भिसा अवधिभन्दा बढी बस्ने, सम्झौता गरेको कम्पनी छोडेर अन्यत्र काम गर्ने कामदारहरू यूएईमा अवैध मानिन्छन् ।

अबुधाबीस्थित नेपाली दूतावासका अनुसार, यूएईमा लगभग १० हजार नेपाली विभिन्न कारणले अवैध छन् । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १४:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro