site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
बजेट अभावका कारण खेलकुद पूर्वाधारलाई अघि बढाउन सकिएन : मन्त्री चौधरी

काठमाडौं । युवा तथा खेलकुद खेलकुदमन्त्री तेजुलाल चौधरीले बजेट अभावका कारण खेलकुद पूर्वाधारलाई अघि बढाउन नसकिएको बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री चौधरीले बजेटका अभावमा खेलकुद पूर्वाधारहरू अलपत्र परेको बताए ।

उनले राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट पनि खेलुकद पूर्वाधार निर्माणमा सन्तोषजनक काम नभएको जिकिर गरे । खेलकुद पूर्वाधारलाई अघि बढाउन मन्त्रालयले नेतृत्व लिनुपर्ने वा राखेपमा पूर्वाधार युनिटमार्फत अघि बढाउनुपर्ने देखिएको उनको भनाइ छ ।

मन्त्री चौधरीले राष्ट्रिय खेलकुद नीति असोजभित्रै ल्याउने र खेलकुदसम्बन्धी अन्य नियमावलीलाई पनि समयसापेक्ष परिमार्जन गर्ने तयारी भएको जानकारी दिए ।

नेपालमा सहजरूपमा जीवनयापन गर्न कठिन देखिएकाले खेलाडी पलायन भइरहेको अवगत गराउँदै उनले खेलाडीलाई स्वदेशभित्रै रोजगारी, उनीहरूको बालबच्चालाई शिक्षा र स्वास्थ्यलगायतको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

उनले विश्वमा नेपाली खेलाडीहरूले राष्ट्रको नामलाई उच्च बनाउने काम गरेकाले खेलाडी र खेल क्षेत्रको विकासका लागि सरकार गम्भीर रहेको जिकिर गरे ।

बैठकमा समिति सदस्यहरूले खेल क्षेत्रमा लगानी बढाउदै पूर्वाधार निर्माणमा ध्यान केन्द्रित गर्न सुझाव दिएका थिए ।

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १४:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro