राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले शुक्रबार (भोलि) बस्ने संवैधानिक परिषद्को बैठकबाटै रिक्त रहेका सबै पदमा नियुक्ति सिफारिस गर्न प्रस्ताव गरेका छन् ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रचण्डले संवैधानिक निकायका सबै रिक्त पदमा भोलि नै सिफारिस गर्नुपर्ने बताएका हुन् । नभए अर्को सहमति गरेर चाँडै सबै रिक्त पदमा सिफारिस गर्नुपर्ने बताएको प्रचण्डको सचिवालयले जनाएको छ ।
बालुवाटार छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका प्रचण्ड सहभागी थिए ।
प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१ १३:०७
प्रतिक्रिया दिनुहोस्