site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसले सदनबाटै माग्यो उपसभामुखको राजीनामा
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानाको राजीनामा माग गरेको छ । बुधबार प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसदले उपसभामुखको राजीनमा माग गरेका हुन् । 

कांग्रेस सांसद प्रतिमा गौतमले अन्तर्वार्ताको मिति अघि सार्न भन्दै अमेरिकी दूतावासालई लेखेको पत्रले उपसभामुख पदबाट अपराध भएको भन्दै राजीनामा दिन माग गरिन् ।

“उपसभामुखमाथि प्रश्न उठेको छ । यो पदीय दुरुपयोग हो । गम्भीर अपराध हो,” उनले भनिन् ।

उनले उपसभामुखमाथि लागेको आरोप महिला र करुणाले नछेकिने पनि बताइन् । "महिला, करुणा र संख्याको विषय होइन । संविधान र कानुनले व्यवस्था गरेको पदीय दायित्व र मर्यादाको कुरा हो,” उनले भनिन्, “जब पदीय इमान हुँदैन, लोकतन्त्रमा संख्याले आफ्नो काम गर्छ ।”

त्यस्तै, सांसद शान्ति परियारले पनि उपसभामुखलाई मार्ग प्रशस्त गर्न आग्रह गरिन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १३:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro