site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुनसरीमा गाडीमा लुकाइएको २३५ किलो गाँजा बरामद, चालक फरार

काठमाडौं । सशस्त्र प्रहरीले सुनसरीको भोक्राहा नरसिँह गाउँपालिका–८ स्थित हुलाकी मार्गबाट २३५ किलो गाँजासहित एक गाडीलाई नियन्त्रणमा लिएको छ ।

बोर्डर आउट पोस्ट (बीओपी) लौकही र सुरक्षा बेस भुटाहाको टोलीले आज फूलचोकबाट दक्षिण सीमा इलाकातर्फ जाँदै गरेको बा ९ च ७१६६ नम्बरको गाडीमा लुकाएको अवस्थामा आठ बोरा गाँजा बरामद गरेको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

सशस्त्र प्रहरीलाई देखेपछि चालकले गाडी भगाउन खोजेका थिए । त्यसक्रममा नजिकैको खेतमा फसेपछि उनी फरार भएका थिए । बरामद गाँजा र गाडी आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए ।

यसअघि, सशस्त्र प्रहरीले मंगलबार बराहक्षेत्र नगरपालिका–६ स्थित सिसौलीघाटबाट करिब २४५ किलो गाँजा बरामद गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १३:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro