site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फ्रान्सको पहिलो जित, बेल्जियमविरुद्ध मुआनी र डेम्बेलेको गोल

काठमाडौं । यूईएफए नेसन्स लिगमा पहिलो जित निकाल्ने क्रममा फ्रान्सले बेल्जियमलाई २–० ले हराएको छ । सोमबार राति लियोन रंगशालामा भएको समूह–२ को खेलमा फ्रान्सलाई जित दिलाउन रान्डाल कोलो मुआनी र ओस्मान डेम्बेलेले गोल गरे ।

खेलको २९औँ मिनेटमा मुआनीले गोल गरेपछि पहिलो हाफमा फ्रान्सले १–० को अग्रता बनाएको थियो । ५७औँ मिनेटमा डेम्बेलेले गोल गरेपछि फ्रान्सले २–० को जित निश्चित गरेको हो ।

प्रतियोगितामा पहिलो जितसँगै तीन अंक जोडेको फ्रान्स तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । फ्रान्स पहिलो खेलमा इटालीसँग ३–१ ले पराजित भएको थियो ।

बेल्जियमको भने यो पहिलो हार हो । बेल्जियमले पहिलो खेलमा इजरायलविरुद्ध ३–१ को जित निकालेको थियो । यो समूहमा फ्रान्स, बेल्जियम, इटाली र इजरायल छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  ०९:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro