site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इटालीको लगातार दोस्रो जित

काठमाडौं । यूईएफए नेसन्स लिगमा युरो विजेता इटालीले लगातार दोस्रो जित निकालेको छ । सोमबार राति बुडापेस्टस्थित बोजसिक एरिनामा भएको समूह–२ को खेलमा इटालीले इजरायललाई २–१ ले हराएको हो ।

इटालीको जितमा डेविड फ्राटेसी र मोइसे केनले गोल गरे । इजरायलका मोहम्मद अबु फानीले एक गोल फर्काएका थिए । 

खेलको ३८औँ मिनेटमा फ्राटेसीले गोल गरेपछि इटालीले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । ६२औँ मिनेटमा केनको गोलमा इटालीले अग्रता दोब्बर बनायो ।

अन्तिम मिनेटमा फानीले गोल गर्दै इजरायललाई खेलमा फर्काउने प्रयास गरे पनि सफल बन्न सकेनन् ।

इटालीले यसअघि पहिलो खेलमा फ्रान्सलाई ३–१ ले पराजित गरेको थियो । ६ अंक जोडेको इटाली समूहको शीर्ष स्थानमा छ । दुई खेल खेल्दा अंकविहीन इजरायल पुछारमा छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  ०९:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro