site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सरकारको कामलाई प्रभावकारी बनाउने सत्तारूढ दलको निर्णय

काठमाडौं । सत्तारूढ दलका शीर्ष नेताहरूबीच सरकारको कामलाई प्रभावकारी बनाउने निर्णय भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज बसेको बैठकले सो निर्णय गरेको हो ।

सरकार र संसद्को कामलाई प्रभावकारी, सन्तुलित, व्यवस्थित ढंगबाट सञ्चालन गर्ने भन्ने विषयमा छलफल भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

नेपाली कांग्रेस र एमालेबीच भएको सातबुँदे समझादारीमा उल्लेख भएका कार्यलाई कार्यन्वयन गर्न समेत छलफल भएको बर्तौलाले बताए ।  

संविधान संशोधनसँग जोडिएर बाहिर भएका प्रचारका बारेमा जनतालाई जानकारी गराउने, यसका बारेमा व्यवस्थित गृहकार्य बनाएर अघि बढ्ने उनले बताए ।

उनले सरकारका समग्र काम प्रक्रियाहरूमा सिंगो सत्तापक्ष कसरी एकीकृत धारणाका साथ अघि बढ्ने भन्नेबारेमा पनि छलफल भएको बताए ।  न्यूनतम साझा कार्यक्रमको प्रक्रिया अघि बढाउन शीर्ष नेताहरूबाट निर्णय भइसकेकाले सरकार निर्माणताका भएको सातबुँदे सम्झौताअनुसार नै सरकारको न्यूनतम साझा कार्यक्रम बन्ने उल्लेख गरे ।

"आजको छलफल र बैठकको उद्देश्य भनेको सरकार र संसद्को कामलाई कसरी प्रभावकारी ढंगबाट अघि बढाउने, सरकार संसद्को कामलाई कसरी सन्तुलित ढंगबाट, व्यवस्थित ढंगबाट अघि बढाउने र सँगै सरकारलाई समग्र काम प्रक्रियामा सिंगो सत्तापक्ष कसरी एकीकृत धारणाका साथ अघि बढ्ने ? यिनै विषयमा छलफल केन्द्रित थियो । यो सरकार निर्माणका केही समझदारीहरू पनि थिए । विशेष गरी नेपाली कांग्रेस र नेकपा एमालेको बीचमा सातबुँदे समझदारी भएको थियो । त्यो समझदारीको जगबाट हामीले सरकार सञ्चालन गर्ने प्रतिबद्धता गरेका थियौँ । न्यूनतम साझा कार्यक्रमको प्रक्रिया अघि बढाउन निर्णय भइसकेको छ," उनले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  २०:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro