site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पार्टीको निर्वाचनबारे माधव नेपालको खुलासा– चिटमा नाम भएका मान्छे हारेका छन्
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीको पदाधिकारी निर्वाचनमा आफू कसैका पक्षमा नलागेको बताएका छन् । केही दिनअघि भएको पार्टीको पदाधिकारी निर्वाचनमा कोही व्यक्तिविशेषलाई जिताउन वा हराउन आफूले चिट नबाँडेको उनले स्पष्ट पारेका हुन् ।

उनले आफू पार्टी अध्यक्षका रूपमा सबैको साझा व्यक्ति भएको बताए । निर्वाचनमा कुनै हस्तक्षेप नगरेको उनले जिकिर गरे ।

Dabur Nepal
NIC Asia

निर्वाचनमा १० प्रकारका चिट बाँडिएको भने उनले स्वीकार गरे । चिटमा नाम परेकाले हारेको र नपरेका विजयी भएको निर्वाचन परिणाम आएकाले त्यसले काम नगरेको उनले बताए ।

सहमति जुटाउन नसकेपछि पदाधिकारीको व्यवस्था नै हटाउने प्रस्ताव आफूले राखेको भए पनि त्यो सम्भव नभएको उनले सुनाए । सबैले माग गरेपछि निर्वाचन गर्न बाध्य भएको उनले बताए ।

अध्यक्ष नेपालले उमेदवारले नै आफूलाई तटस्थ बस्न आग्रह गरेको उल्लेख गरे । सोहीअनुरूप आफू तटस्थ बसेको उनको भनाइ छ ।

सार्वजनिक रूपमा पार्टीविरुद्ध बोल्ने नेतालाई छुट दिन नसकिने उनले बताए । पार्टीमा असन्तुष्ट नेताहरूलाई फकाइरहेको उनले सुनाए ।

न्युज एजेन्सी नेपालसित माधव नेपालले व्यक्त गरेको भनाइ पढ्नोस्–
त्यस्तो कसैले पनि आरोप लगाएका छैनन् । किनकि, थाहा छ कि अध्यक्ष सबैप्रति साझा हुनुहुन्छ । चिटको काममा मैले रोक नै लगाएको हो । मलाई थाहा पनि भएन । थाहा भएको होइन । कसैले अध्यक्षलाई दोष लगाउलान्, कसैले महासचिवलाई दोष लगाउलान् । कसैले अर्को नेतालाई दोष लगाउलान् । आ–आफू जित्न आ–आफ्नो ढंगले चलेका होलान् । म यस्ता कुराको विपक्षमा छु । मेरो लागि सबै बराबर हुन् । साझा हुन् । प्रतिस्पर्धामा गइसकेपछि प्रतिस्पर्धाबाट जित्ने हो । मन जित्न सक्नुपर्‍यो । मन जित्न नसक्ने हो भने त दोष लगाएर हुँदैन । भोटिङबाट टुंगो लगाएको त हो नि ! के मान्छेले भोटिङ लोभलालचले गरेको हो त ? डरत्रासले गरेको हो त ? डरत्रासले होइन होला । भोटिङको सबै पक्ष हेर्नुहुन्छ भने चिटमा नाम भएका मान्छे हारेका छन् । नाम नै नभएका मान्छे जितेका छन् । चिटले त जिताएको रहेनछ । चिटमा नाम भएका मान्छे हारेका छन् फेरि । कसरी हार्‍यो त ? चिटमा नाम नै नभएकाले कसरी जिते त ? चिट एउटा छैन फेरि, १० प्रकृतिका चिट बाँडेको छ फेरि । त्यो सबै चिट मैले पाइसकेको पनि छैन । मैले मागिरहेको छु । कुनकुन चिटमा क–कसको नाम छ, हेर्छु । त्यो नाम भएका मान्छेले बाँडेका हुन् कि ! शंका गर्नुपर्ने भएन ? नाम भएकाहरूले मात्रै होला नि बाँडेका त ! कतिपय जित्नुपर्ने साथीहरू नजित्दाखेरि उहाँहरूलाई पनि दुःख लागेको होला । अब म नजित्नुपर्नेहरूले जिते भन्न पनि सक्दिनँ । जितेर आउनुभएको मान्छेचाहिँ ठिक भएन, नजितेकाहरूले जित्नुपर्थ्यो भनेर मैले भन्नु पनि भएन । अनुभवी साथीहरू जसले जित्न सक्नु भएन – उहाँहरूप्रति पनि मेरो सहानुभूति छ । जितेर आउनुहुनेहरूलाई अगाडि बढ्न शुभकामना छ । केन्द्रीय कमिटीका सदस्यले भोट दिए, उहाँहरूको मन जित्न सक्नु भएन । दोष अरूलाई दिएर हुन्छ ? मैले भनेको पनि थिएँ– पदाधिकारीमा हामीले सहमति गर्न सक्ने भएनौँ । पदाधिकारीको व्यवस्था नै हटाइदिऊँ भनेकै हो । हुँदैन हुँदैन भने । चुनाव चुनाव भने । अनि के गरौँ त ! म कसको पक्षमा लागूँ त ! तपाईं चुपचाप बसिदिनुस् भनेको हुन् मलाई । म केही बोलिनँ । किनकि, मलाई थाहा छ, पर्खालको पनि कान हुन्छ । एउटालाई खुसुक्क भन्यो भने मलाई त भन्नुभएको छ भन्दै हिँड्छ । त्यसो हुनाले म यस्ता कुरामा किन लाग्न चाहिनँ भने जब म दुईजना मान्छेलाई कन्भिन्स गर्न सकिरहेको छैन एउटै पदका आकांक्षी दुईजना, अनि म कतिलाई कन्भिन्स गर्न सक्छु त ? म थाँके । दुइटै भन्छन्– तपाईं चुप लागिदिनुस्, हामीलाई छोडिदिनुस् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १७:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu