site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
समीर भट्टको नृत्यसहितको ‘१२ गाउँ’को गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘१२ गाउँ’को पहिलो गीत सार्वजनिक गरिएको छ । विराज भट्टको निर्माण तथा निर्देशन रहेको चलचित्रको पहिलो गीत ‘सिनेमा हेर्न जाउँ’ आज सार्वजनिक भएको हो । 

गीतमा विराज भट्ट र अर्जुन पोखरेलको शब्द छ । अर्जुन पोखरेलले संगीत गरेको गीतमा स्वर बलिउड गायक नकाश अजिजको छ । 

रोमान्टिक गीतमा डेव्यु अभिनेता तथा विराज भट्टका छोरा समीर भट्ट र अभिनेत्री सोनु चन्द्रपाल फिचर्ड छन् ।

सोनु गुजराती तथा दक्षिण भारतीय सिनेमा र टेलिभिजन सिरियलकी अभिनेत्री हुन् । उनको यो पहिलो नेपाली चलचित्र हो । 

‘१२ गाउँ’मा समीरसँगै विराज भट्ट, पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का, मोडल सनिशा भट्टराई, मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाललगायतको अभिनय छ । 

विराज स्वंयमले चलचित्रको कथा लेखेका छन् । सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको चलचित्र असोज २४ गते रिलिज हुनेछ । 

प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  १६:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro