site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपाली राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा प्याट्रिक नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा प्याट्रिक डि वाइल्ड नियुक्त भएका छन् । बिहीबार अखिल फुटबल संघ (एन्फा)ले वाइल्डलाई टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ । 

एन्फाका महासचिव किरण राईले सातदोबाटोस्थित एन्फा मुख्यालयमा बिहीबारै वाइल्डलाई नियुक्त पत्र हस्तान्तरण गरेका छन् ।

Argakhachi Cement Island Ad

अब, वाइल्डले आसन्न एएफसी एसियन महिला कप छनोटबाट टोलीको जिम्मेवारी सम्हाल्नेछन् । 

छनोटमा नेपाल छनोटमा नेपाल समूह ‘एफ’मा छ । यो समूहमा नेपालसँगै घरेलु टिम उज्वेकिस्तान, लाओस र श्रीलंका छन् । समूहबाट विजेताले आउँदो वर्ष अस्ट्रेलियामा हुने एएफसी महिला एसिया कपमा स्थान पक्का गर्नेछ ।

छनोटअन्तर्गत नेपालले जुन २९ मा लाओससँग, जुलाई २ मा श्रीलंका र जुलाई ५ मा उज्वेकिस्तानसित खेल्ने तालिका छ ।  

वाइल्ड प्रो लाइसेन्स प्राप्त प्रशिक्षक हुन् । बेल्जियमका ६१ वर्षीय उनीसँग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब तथा संघहरूमा जिम्मेवारी सम्हालेको दुई दशकको अनुभव छ । यसअघि उनले नेपाली फ्रेन्चाइज फुटबल लिग (एनएसएलमा)मा काठमाडौं रेर्जसको जिम्मेवारी सम्हालेका थिए । 

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  १७:३०
प्रतिक्रिया दिनुहोस्