site stats
बाह्रखरी :: Baahrakhari
देश
मनसुनजन्य विपद्को अभ्यासका क्रममा दुई सशस्त्र प्रहरी बेपत्ता
फाइल तस्बिर ।

काठमाडौं । मनसुनजन्य विपद् अभ्यासका क्रममा दुई सशस्त्र प्रहरी जवान बेपत्ता भएका छन् । सप्तकोसी नदीमा विपद्‌बारेको अभ्यासका क्रममा सशस्त्र प्रहरी जवान सुरज साउद र हरिदेव राजवंशी बेपत्ता भएका हुन् ।

सशस्त्र प्रहरी मधेस प्रदेश कार्यालयले बिहीबार बाढीपहिरोबाट प्रभावित व्यक्तिहरूलाई उद्धार अभ्यासका क्रममा उनीहरू बेपत्ता भएका हुन् ।

Argakhachi Cement Island Ad

गोताखोरसहितको टोलीले नदीमा उद्धार अभ्यास गर्ने क्रममा उनीहरू बेपत्ता भएको सशस्त्र प्रहरी सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । राजवंशी विशेष कार्य तालिम शिक्षालय सप्तरी र साउद महत्तोरीस्थित छिन्नमस्ता बाहिनीमा कार्यरत थिए । उनीहरू सप्तरीस्थित सप्तकोसी नदीमा बेपत्ता भएका हुन् । उनीहरूको खोजी अझै जारी छ ।
 

 

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  १७:३८
प्रतिक्रिया दिनुहोस्