site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सिन्धुपाल्चोकसहित यी जिल्लामा आज बाढीको जोखिम
नुवाकोटस्थित त्रिशूली नदीको दृश्य । फाइल तस्बिर ।

काठमाडौं । देशका केही सानाठूला नदीमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ । नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस दिन बारा, पर्सा, दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, चितवन, धादिङ, गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा र रुपन्देही भई बहने केही साना नदीमा बहाव उल्लेख्य बढ्ने अनुमान छ । यी जिल्लाका केही नदीमा आकस्मिक बाढीको मध्यम जोखिमको पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ ।

पाँचथर, संखुवासभा, ओखलढुंगा, काठमाडौं, भक्तपुर, ललितपुर, रुकुम पश्चिम, जाजरकोट, कैलाली र कञ्चनपुर भई बहने केही साना नदीमा पनि बहाव बढ्ने अनुमान छ ।

आज र भोलि कोसी, नारायणी, कर्णाली र यसका सहायक नदीहरूको जलसतह बढ्नेछ । कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको पनि जलसतह बढ्ने महाशाखाको पूर्वानुमान छ ।

b1-1725593664.jpeg

b2-1725593664.jpeg

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  ०९:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro