site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पोखराको टिम सबैभन्दा धेरै मूल्यमा बिक्री, कुन टिमको कति ?
ग्राफिक्स : एनपीएल ।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखराको टिम सबैभन्दा धेरै मूल्यमा बिक्री भएको छ । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने प्रतियोगिताका लागि पोखराको स्वामित्व तीन करोड ५७ लाखमा नेपाल टी–२० प्रालिले प्राप्त गरेको हो ।

यसैगरी, काठमाडौंको स्वामित्व कान्तिपुर पब्लिकेसनले तीन करोड ३३ लाख ३३ हजार ३३९ रुपैयाँमा प्राप्त गर्‍यो ।

जनकपुर ड्रिम्स स्पोर्टस र लुम्बिनी फर्च्युना हेल्थ केयरको स्वामित्वमा पुग्यो । उनीहरूले क्रमशः दुई करोड पाँच लाख रुपैयाँ र एक करोड ८६ लाखको बोली लगाएका थिए ।

चितवनको स्वामित्व चितवन मेडिकल कलेजले एक करोड ७६ लाख एक हजारमा प्राप्त गर्दा सुदूरपश्चिमको फ्रेन्चाइज गर्न इम्पायर स्पोर्टस प्रालिले एक करोड ६८ लाख ८८ हजार ८८८ रुपैयाँको बोली लगायो ।

विराटनगर एक करोड ५१ लाख रुपैयाँमा एमएडी ड्रिम्स प्रालिको स्वामित्वमा पुग्यो ।

हिमालयन बिल्डर्सले एक करोड ११ लाख ७० हजार रुपैयाँमा कर्णालीको स्वामित्व खरिद गर्‍यो ।

आगामी मंसिर १५ देखि पुस ६ सम्म हुने प्रतियोगिताका लागि क्यानले बिहीबार फ्रेन्चाइज टिम खरिद गर्न बोली लगाएको थियो । टिम खरिदका लागि न्यूनतम मूल्य एक करोड तोकिएको थियो । जसमा १३ कम्पनीले भाग लिएका थिए ।

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  २१:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro