site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बालेनलक्षित ओलीको टिप्पणी– फेसबुकमा लेख्दैमा फरक पर्दैन

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले फेसबुकमा आएका टिप्पणीले फरक नपर्ने बताएका छन् । बुधबार पार्टीको पोलिटब्युरो बैठकमा ओलीले आफूहरूसँग ठूलो पार्टी र बलियो संगठन भएकाले फेसबुकमा लेखिने विषयलाई चिन्ता मान्नुपर्ने अवस्था नरहेको बताएका हुन् ।

"यत्रो संगठन छ, यत्रो पार्टी छ । फेसबुकमा कसले के लेख्छ भनेर चिन्ता गरेर बस्नुपर्ने अवस्था छैन," ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने । 

उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई लक्षित गरेर टिप्पणी गरेका हुन् । तर, उनले बालेनको नाम लिएनन् । 

केही दिनयता बालेनले प्रधानमन्त्री ओलीलक्षित स्टाटस राखेपछि सामाजिक सञ्जाल तातेको छ । सरकारकै संलग्नतामा आफ्नो एउटा फेसबुक स्टाटस हटाइएको संकेत गरेपछि बालेनका समर्थकहरूले ओलीलाई फेसबुकमा अनफलो गर्ने अभियान नै चलाएका छन् ।

 

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  २०:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro