site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पूर्वराजालाई लगाएको जरिवाना फिर्ता लिन गुरुङको आग्रह

काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले काठमाडौं महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लगाएको जरिवाना फिर्ता लिन आग्रह गरेका छन् । 
 
गुरुङले सोमबार एक विज्ञप्ति जारी गरेर यस्तो आग्रह गरेका हुन् । ‘श्री ज्ञानेन्द्र शाह निर्मल निवास’ भन्ने उल्लेख गरिएको जरिवानापत्रमा समितिको गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले उक्त पत्राचारबाट पूर्वराजाका सम्बन्धमा भ्रम र अनास्था सिर्जना गर्ने कुत्सित उद्देश्य रहेको ठहर समितिले गरेको छ । 

“उक्त कार्यक्रम कानुनबमोजिम राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले अनुमति लिई आयोजना गरिएको नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालयको अभिलेखमा समेत उल्लेख रहेको छ,” विज्ञप्तिमा भनिएको छ, “उक्त तथ्यको ज्ञानको अभाव वा भ्रम सिर्जना गर्ने उद्देश्यले गरिएको सो पत्राचार यसपूर्व महानगरपालिका स्वयमले गरेको निर्णय समेतको विपरीत छ ।” 

यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वराजाको स्वागतार्थ आयोजित कार्यक्रमका सन्दर्भमा महानगरले आयोजकलाई यस्तो पत्राचार गरेको थियो । आफ्नै नीतिविपरीत यसपटकको महानगरको निर्णय दुर्भावनायुक्त छैन भन्न नसकिने उनले उल्लेख गरेका छन् । 

“अतः उक्त कार्यक्रमको जिम्मेवारी आयोजक संस्थाहरु स्वयमले लिने हो,” विज्ञप्तिमा भनिएको छ, “सो निर्णय काठमाडौं महानगरपालिकाले तत्काल फिर्ता नलिएमा सो विरुद्ध कानुनी र अन्य मार्गप्रशस्त गरिने पनि सबैमा जानकारी गराउन चाहन्छौँ ।”

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  २१:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro