site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सहकारी छानबिन संसदीय समितिको म्याद १५ दिन थप गर्ने तयारी
समितिका सभापति सूर्य थापा ।

काठमाडौं । सहकारीको बचत रकम दुरुपयोगसम्बन्धी गठित संसदीय छानबिन विशेष समितिको म्याद थप गर्ने तयारी गरिएको छ । समितिकाे म्याद १५ दिन थप्ने प्रस्ताव राख्न लागिएकाे स्राेतले जनाएकाे छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा समितिका सभापति सूर्यबहादुर थापाले समितिको कार्यावधि थप गर्न प्रस्ताव प्रस्तुत गर्ने तय भएको छ । प्रतिनिधिसभाको बैठक मंगलबार १ बजेका लागि बोलाइएको छ । 

गएको जेठ १५ गते गठित समितिकाे कार्यावधि भदाै २३ गतेबाट सकिँदै छ । 

समितिमा एमालेबाट सरिता भुसाल सदस्य छिन् । नेपाली कांग्रेसबाट ईश्वरी न्यौपाने र बद्री पाण्डे छन् । माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल छन् । राप्रपाबाट धुव्रबहादुर प्रधान छन् ।

 

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १९:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro