site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
छानबिन सहज बनाउन गृहमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ : सांसद शर्मा

काठमाडौं । राष्ट्रियसभामा नेकपा (माओवादी केन्द्र)का सांसद मायाप्रसाद शर्माले भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करी प्रकरणको निष्पक्ष छानबिनका लागि गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । 

बुधबारको राष्ट्रियसभा बैठकमा बोल्दै सांसद शर्माले छानबिन सहज बनाउन राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने उल्लेख गरे । 

Argakhachi Cement Island Ad

भिजिट भिसा प्रकरणमा संलग्न कर्मचारीहरूलाई सरकारले हालम्म कारबाही नगरेकोप्रति पनि उनले प्रश्न उठाए । "सरकारले किन कारबाही गरेन ? अख्तियार स्वतःफूर्त रूपमा अघि बढ्नुपर्ने स्थिति किन आयो ?," उनको  प्रश्न छ । 

गृहमन्त्री पदमै रहँदा  छानबिनमा प्रभाव पर्नसक्ने भएकाले कानुनी र नैतिक दृष्टिकोणले गृहमन्त्रीको राजीनामा उपयुक्त हुने उनको भनाइ छ । 

 

 

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  १६:०७
प्रतिक्रिया दिनुहोस्