
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले व्यक्तिगत सुरक्षा गार्ड (पीएसओ) खोसिएको विषयमा सभामुखको ध्यानाकर्षण गराएको छ । बुधबार प्रमुख सचेतक ज्ञानेन्द्र शाहीसहित सांसदहरू बुद्धिमान तामाङ, दीपक सिंहलगायतले सभामुख देवराज घिमिरेलाई भेटेर पीएसओ खोसिएको विषयमा ध्यानाकर्षण गराएका हुन् ।
प्रमुख सचेतक शाहीले आफूहरूको पीएसओ खोसिएपछि सभामुखले गृहमन्त्रीसँग छलफल नगरेकोबारे प्रश्न गरेको जानकारी दिए । यस्तै, सांसद सिंहलाई पक्राउ गर्न अनुमति लिए/नलिएकोबारे पनि आफूहरूले सभामुखसँग जिज्ञासा राखेको उनको भनाइ छ ।
आफूहरूले संसद्मा दलीय आधाारमा बोल्न नदिएकोसहितका विषय सभामुखसमक्ष राखेको शाही बताउँछन् ।
जवाफमा सभामुख घिमिरेले आफूले विभेद नगरेको बताएका थिए ।