राजनीति
काठमाडौं । सहकारीको बचत रकम अपचलन प्रकरणबारे छानबिन गर्न संसदीय समिति गठन गरिएको छ ।एमाले प्रमुख सचेतक महेश बर्ताैलाका अनुसार एमालेका सांसद सूर्यबहादुर थापाको नेतृत्वमा समिति गठन गरिएको हो ।
समितिमा एमालेबाट सरिता भुसाल सदस्य छिन् । नेपाली कांग्रेसबाट ईश्वरी न्यौपाने र बद्री पाण्डे छन् । माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल छन् । राप्रपाबाट धुव्रबहादुर प्रधान छन् ।
मंगलबार नै बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरले समिति गठनकाे औपचारिक रुपमा घाेषणा गर्ने छन् ।
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१ १८:०२
प्रतिक्रिया दिनुहोस्