site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
यस्तो छ मलेसियाका लागि प्रस्तावित राजदूतको कार्ययोजना (पूर्णपाठ)

काठमाडौं । मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत नेत्रप्रसाद तिम्सिनाले आफू संसदीय सुनुवाइबाट अनुमोदित भएमा नेपाल, मलेसिया र दक्षिणपूर्वी एसियाका सहप्रमाणीकृत देशहरूबीचको द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउने काम गर्ने बताएका छन् । 

संसदीय सुनुवाइको सोमबारको बैठकमा कार्ययोजना प्रस्तुत गर्दै उनले बदलिँदो अन्तर्राष्ट्रिय परिवेशमा असंलग्न आन्दोलनको महत्त्व र सान्दर्भिकतालाई थप उजागर गर्ने जनाएका हुन् । दुई देशबीचको सम्बन्ध विस्तार र सुदृढ गर्न तथा कूटनीतिका नयाँ क्षेत्रहरू विस्तार गर्न राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक विषयहरूको गहन अध्ययन गर्ने र परराष्ट्र मन्त्रालयमा आवधिक प्रतिवेदन पेस गर्ने, विभिन्न देशका कूटनीतिक नियोगका प्रमुखहरूसँग भेटघाट र सम्बन्ध विकास गर्ने कार्ययोजनामा उल्लेख छ । 

“दुई देशबीच भएका श्रम सम्झौता तथा समझदारीहरूको कार्यान्वयन गर्न पहल गर्ने र प्रक्रियामा रहेका श्रम सम्झौताहरूलाई अन्तिम रूप दिन काम गर्ने,” कार्ययोजनामा भनिएको छ । 

दक्ष जनशक्तिका लागि वैदेशिक रोजगारीका नयाँ अवसरहरूको खोजी गर्ने र आम नेपाली श्रमिकका लागि सुरक्षित र प्रतिष्ठित कम्पनीहरूमा नयाँ रोजगारीका अवसरको खोजी गर्ने उनको भनाइ छ । नेपाली श्रमिकले भोगिरहेका समस्या समाधान गर्न पहल गर्ने कार्ययोजनमा भनिएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १४:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro