site stats
बाह्रखरी :: Baahrakhari
देश
आफूलाई इन्स्पेक्टर बताएर लुटपाट गर्ने र लुटेको सिक्री खरिद गर्ने पक्राउ

काठमाडौं । आफूलाई नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) बताएर लुटपाट गरेको आरोपमा एकजना पक्राउ परेका छन् । लुटपाट गरेको सुनको सिक्री गर्ने अर्का एकजना पनि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ का २५ वर्षीय मिङमार तामाङ र बाग्लुङको काटेखोला गाउँपालिका–२ का ६३ वर्षीय बलबहादुर सुनार छन् । तामाङ हाल काठमाडौंस्थित कालोपुल र सुनार टोखा बस्दै आएका थिए ।

Argakhachi Cement Island Ad

प्रहरीका अनुसार, साउन २२ गते काभ्रेको रोशी गाउँपालिका–११ स्थायी घर भएर पछिल्लो समय काठमाडौंको डल्लु बस्ने तिर्थलाल तामाङको साथबाट आफूलाई प्रहरी वृत्त स्वयम्भूको सादा पोसाकको प्रहरी निरीक्षक बताएर एक जनाले सुनको एक तोलाको सिक्री र ६७ हजार रुपैयाँ लिएर फरार भएका थिए ।

प्रहरीका अनुसार, अनुसन्धानबाट लुटपाटमा मिङमार तामाङ संलग्न रहेको खुलेको थियो । उनले गोंगबुस्थित बाग्लुङ भगवती सुन चाँदी पसलका सञ्चालक ६३ वर्षीय सुनारलाई सुनको सिक्री बेचेका थिए । त्यसपछि उनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १६:५६
प्रतिक्रिया दिनुहोस्