site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
ओप्पो ए३ सार्वजनिक : उत्कृष्ट खेल अनुभवहरू लिन सकिने

काठमाडौं । ओप्पोले नेपालमा आफ्नो नयाँ ‘ए’ सिरिजको स्मार्टफोन ओप्पो ए३ सार्वजनिक गरेको छ । दैनिक प्रयोगमा गरिने सबै प्रकारको काम र टिकाउको लागि डिजाइन गरिएको यो नयाँ शृंखलामा मिलिटरी–ग्रेड प्रतिरोध र मल्टिपल लिक्विड रेसिस्टेन्सको साथ ड्यामेज पु्रफ बडी साथै लामो समय टिक्ने ५१०० एमएएच ब्याट्री र ४५ वाट  फ्ल्यास चार्ज समावेश रहेको बताइएको छ । जसको प्रयोग चार वर्षसम्म हुने कम्पनीको भनाइ छ ।

थप सुविधाहरू १००० निट्स अल्ट्रा ब्राइट डिस्प्ले, अल्ट्रा भोल्युम मोड, स्न्यापड्रागन टक ४जी एचजी१ मोबाइल प्लेटफर्म, पर्याप्त मेमोरी र स्टोरेज सहितको ओप्पो ए३ सँग गेमिङदेखि भिडियो स्ट्रिमिङसहित सबै मनोरञ्जन अनुभवलाई उत्कृष्ट बनाउने बताइएको छ ।

ओप्पो ए३ मा डबल–टेम्पर ग्लाससहित नवप्रवर्तनकारी सामग्रीहरू समावेश छ, जसले दैनिक गिरावटबाट हुन सक्ने असरहरूबाट फोनलाई सुरक्षित राख्ने पनि बताइएको छ ।

वाटर र डस्ट रसिस्टेसनले सामान्य कफी, दूध चिया, सूप, र पोरिजबाट हुन सक्ने चिपचिपापनबाट सुरक्षित राख्ने पनि भनाइ छ । साथै, स्प्ल्याश टच सुविधाको साथ, स्क्रिन भिजेको बेला टच एक्युरेसी र प्रतिक्रिया सुधार गर्न सकिन्छ । यो सुविधामार्फत प्रयोगकर्ताहरूले हल्का वर्षामा, स्विमिङ पूलबाट बाहिर निस्केपछि, वा अन्य धेरै दैनिक कार्यहरूमा भिजेको हातले फोन चलाइरहन सक्नेछन् ।

नयाँ ओप्पोमा ५१०० एमएएच् ब्याट्री समावेश छ । जसले दैनिक काम र मनोरञ्जनका लागि विस्तारित ब्याट्री लाइफ प्रदान गर्दछ । त्यसबाहेक, यो ब्याट्रीमा १६०० चार्ज साइकल रहेको छ र यो यसको सुरुआतको भन्दा ८० प्रतिशतभन्दा बढी क्षमता कायम राख्दछ । औसत प्रयोगका लागि चार वर्षभन्दा बढीे समयको लागि उत्कृष्ट ब्याट्री क्षमता प्रदान गर्दछ । ओप्पो ए३मा ६ जीबी र्‍याम प्लस १२८ जीबी रोम र ८जीबी र्‍याम र २५६ जीबी रोम स्टोरेज भएका दुई फोन छन् ।

ओप्पो ए३ स्टारलाइट व्हाइट र स्टार्री पर्पल रंगमा यही भाद्र १२ गते देखि नेपाली बजारमा उपलब्ध हुने बताइएको छ । ओप्पो ए३मा ६ जीबी र्‍याम प्लस १२८ जीबी रोम स्टोरेज भेरियन्टको २२ हजार ९९९ रुपैयाँ र ८ जीबी र्‍याम र २५६ जीबी रोम स्टोरेज भेरियन्टको २७ हजार ९९९ रुपैयाँ मूल्य तोकिएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १९:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro