site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गुणराज प्रशिक्षणका लागि अस्ट्रेलिया जाने

काठमाडौं । नेपाली मुँवाथाईका सफल खेलाडी गुणराज रुचाल वैदेशिक प्रशिक्षणका लागि बुधबार अस्ट्रेलियाको पर्थ जाने भएका छन् । एकमहिने प्रशिक्षणका दौरान गुणराजले अस्ट्रेलियामा हुने प्रतियोगितामा पनि सहभागिता जनाउने छन् । 

उनलाई यो अवसर लिजेन्ड्स एकेडेमी पर्थले प्रदान गरेको हो । निःशुल्क प्रशिक्षणका साथै उनको सम्पूर्ण खर्च पनि लिजेन्ड्सले नै बेहोर्ने बताइएको छ । 

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले गुणराजलाई पाएको अवसरलाई भरपुर सदुपयोग गर्न सुझाउँदै मंगलबार बिदाइ गरे । अन्तर्राष्ट्रिय प्रतियोगितामा गुणराजले हासिल गरेको सबैभन्दा ठूलो उपलब्धि गत मार्च १९ मा थाइल्यान्डमा भएको १९औँ विश्व मुवाँथाइ च्याम्पियनसिपअन्तर्गत सेमी प्रोको पुरुष ५४ केजीमा स्वर्ण जित्नु हो । विश्व च्याम्पियनसिपको सेमी प्रोमा यो उपलब्धि हासिल गर्ने उनी पहिलो नेपाली मुवाँथाई खेलाडी हुन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १९:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro