site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीका कारण लोकतन्त्र जोखिममा पर्ने खतरा बढ्यो : प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीका करण लोकतन्त्र नै जोखिममा पर्ने खतरा बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर उनले स्वार्थ समूहका निम्ति काम गर्ने प्रधानमन्त्रीको शैलीले नागरिकमा वितृष्णा बढेको जिकिर गरे । “सरकार स्वार्थ समूहका लागि काम गरेर यति छिट्टै खुइलियो । यसमा प्रतिपक्षका रूपमा खुसी नहुनुपर्ने कुरा होइन,” प्रचण्डले भने, “तर, म बडो चिन्ताका साथ रोस्ट्रममा उभिएको छु ।”

उनले सरकार स्वार्थ समूहका निम्ति खुलेर उभिँदा लोकतन्त्रको स्थायित्वमाथि जोखिम बढेको बताए । सरकार खुइलिँदा प्रतिपक्ष खुुसी हुनुपर्ने भए पनि लोकतन्त्रको स्थायित्वमाथिको जोखिमले आफूलाई चिन्ता लागेको उनले उल्लेख गरे ।

उनले सरकार फेरिँदा आफूले ‘स्वार्थ समूहका कारण’ भनेको सुनाए । हाल सरकारले नै त्यसलाई पुष्टि गरिदिएको उनको भनाइ थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १४:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro