site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रास्वपाले खोस्यो संस्थापक महामन्त्री डा. मुकुल ढकालको साधारण सदस्यता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संस्थापक महामन्त्री डा. मुकुल ढकाललाई साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेको छ । 

पार्टी सभापति रवि लामिछानेका कमजोरी औंल्याएर समीक्षा प्रतिवेदन बनाएपछि पार्टीको महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट निस्कासित भएका महामन्त्री ढकाललाई त्यसपछिका अभिव्यक्तिका आधारमा साधारण सदस्यताबाट निस्कासित गरेको हो । 

रविलाई मुकुलको चुनौती– तपाईंलाई अपराधी प्रमाणित गर्न सक्छु

केन्द्रीय अनुशासन समितिको प्रतिवेदनका आधारमा केन्द्रीय समितिबाट निर्णय गरेको रास्वपाले जनाएको छ । महामन्त्री डा. ढकालले भने आफूले दिएका स्पष्टीकरण केन्द्रीय कार्यालयमा दर्ता गरेको जानकारी समेत आफूलाई नदिएको भन्दै पटक–पटक दर्ता गरेको प्रमाण मागिरहेका छन् । 

संस्थापक महामन्त्री मुकुललाई साधारण सदस्यबाटै हटाउने रास्वपाको तयारी 

पार्टी विधान र कानुनको व्यवस्था विपरीत कारबाही गरिएको भन्दै ढकालले निर्वाचन आयोगमा उजुरी दिएका छन् । उजुरीमा प्रक्रियामा त्रुटि देखिने कारबाहीको निर्णय नै रद्ध हुने भएपछि रास्वपाले डा.ढकाललाई कारबाहीको प्रमाण दिएको छैन । 

रास्वपाले मुकुल ढकाललाई फेरि स्पष्टीकरण सोध्ने, स्थानीय तहको उपनिर्वाचनमा भाग लिने

डा. ढकाल भने पार्टी सभापति रवि लामिछानेका विभिन्न गैरकानुनी काम र त्यसबाट बनेको छविका कारण रास्वपा दुर्घटनाको संघारमा रहेको भन्दै लामिछाने र उनको क्लवबाट रास्वपालाई जोगाउनुपर्ने नारासहित विद्रोहमा छन् ।

मुकुल ढकालको २४ घण्टे स्पष्टीकरणबारे के गर्दै छ रास्वपा ?  

मुकुललाई रास्वपाले सोध्यो– साधारण सदस्यबाट किन निष्कासन नगर्ने ? 

प्रधानमन्त्रीलाई मुकुल ढकालले बुझाए १५ बुँदे सुझाव (पूर्णपाठ)

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  ११:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro