site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संस्थापक महामन्त्री मुकुललाई साधारण सदस्यबाटै हटाउने रास्वपाको तयारी 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संस्थापक महामन्त्री मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहनेगरी कारबाहीको तयारी गरेको छ । यसअघि २४ घण्टे स्पष्टीकरण सोधेको रास्वपाले बुधबारको केन्द्रीय समिति बैठकबाट साधारण सदस्यता किन नखोस्ने भनेर अन्तिमपटक स्पष्टीकरणको मौका दिने निर्णय गरेको हो । 

“केन्द्रीय अनुशासन आयोगको सिफारिससहितको प्रतिवेदनका आधारमा पूर्वमहामन्त्री तथा पार्टी सदस्य मुकुल ढकाललाई पार्टी विधानको धारा ५६(४) बमोजिम अन्तिमपटक स्पष्टीकरणको मौका दिने,” रास्वपाको निर्णयमा भनिएको छ । 

संस्थापक महामन्त्री ढकाललाई पदीय जिम्मेवारीबाट मुक्त गरेको रास्वपाले उनको साधारण सदस्यता समेत खोसेर पार्टीबाट निष्कासनको तयारीमा छ । तर, पार्टीका गतिविधिहरू भने उनै महामन्त्री ढकालले अघि सारे अनुरुप गर्न लागेको छ । तत्कालीन महामन्त्री ढकालले उपचुनावपछिको समीक्षा प्रतिवेदनमा अघि सारेका विषयमा बन्द कार्यशाला गर्ने र त्यस अनुरुप राष्ट्रिय भेलाबाट पार्टीले लिएको नीतिको समीक्षा गर्ने प्रस्ताव अघि सारेका थिए । त्यो प्रतिवेदनमा उल्लेखित कतिपय विषयमा आपत्ति जनाउँदै रास्वपाले उनलाई कारबाही गरी महामन्त्री, केन्द्रीय सदस्य र प्रवक्ताको जिम्मेवारीबाट मुक्त गरेको थियो । 

त्यसपछिका अभिव्यक्तिलाई लिएर साधारण सदस्यता खोस्ने तयारी भइरहेको छ । तर, यसबीचमा रास्वपाले ढकालले प्रस्ताव गरेको बन्द कार्यशाला सम्पन्न गरेको छ । रास्वपाले बन्द कार्याशाला सम्पन्न गरेको भन्दै त्यसको सिफारिसअनुसार आगामी असोज १ र २ गते राष्ट्रिय भेला गर्ने निर्णय केन्द्रीय समिति बैठकबाट गरेको छ । “बन्द कार्यशालाबाट सिफारिस भएअनुसार पार्टीको पहिलो राष्ट्रिय भेला असोज १ र २ गते काठमाडौंमा आयोजना गर्ने,” बुधबारको केन्द्रीय समिति बैठकको निर्णयमा भनिएको छ । 

भेलाका लागि रास्वपाले केन्द्रीय परिषद्का लागि राष्ट्रिय पालिका र निर्वाचन क्षेत्र समितिका प्रतिनिधि एवम् प्रदेश समिति, प्रदेश विभाग, गत संसदीय निर्वाचनका प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरूलाई सहभागी गराउनेगरी परिषद्को प्रतिनिधि तोक्ने पनि निर्णय गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १५:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro