
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट कार्यान्वनयको विषय अर्थ मन्त्रालयको मात्रै नभएको बताएका छन् । बिहीबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले बजेट कार्यान्वनयको विषय अर्थ मन्त्रालयको मात्रै नभएर समग्र मन्त्रालयहरूको साझा जिम्मेवारी भएको उल्लेख गरे ।
अर्थ मन्त्रालयले आफ्नो तर्फबाट गर्नुपर्ने काम प्रभावकारी रूपमा गर्ने बताए । सम्बन्धित मन्त्रालयले पनि आफ्नो जिम्मेवारीका काम प्रभावकारी रूपमा बजेट कार्यान्वयन गर्नुपर्ने उल्लेख गरे । बजेट कार्यान्वयनसँग सम्बन्धित विद्यमान मापदण्डहरू, निर्देशिकाहरू आदि चिजलाई तदनुकूल नै अपडेट गर्न लागिएको उल्लेख गरे ।
"बजेट कार्यान्वनयको विषय अर्थ मन्त्रालयको मात्रै नभएर समग्र मन्त्रालयहरूको साझा जिम्मेवारी हो । अर्थ मन्त्रालयले आफ्नो तर्फबाट गर्नुपर्ने काम प्रभावकारी रूपमा गर्नुपर्छ । त्यसरी नै सम्बन्धित मन्त्रालयले पनि आफ्नो जिम्मेवारीका काम प्रभावकारी रूपमा गरेर बजेट कार्यान्वयन गर्नुपर्छ," उनले भने ।
अर्थमन्त्री पौडेलले बजेट प्रस्तुत भएको भोलिपल्टैदेखि बजेट कार्यान्वयनको प्रतिबद्धता व्यक्त गरिएको बताए ।