site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रविलाई मुकुलको चुनौती– तपाईंलाई अपराधी प्रमाणित गर्न सक्छु
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संस्थापक महामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेमाथि गम्भीर प्रश्न उठाएका छन् । पार्टीको साधारण सदस्यबाट मुक्त किन नगर्ने भन्दै अन्तिमपटक सोधिएको स्पष्टीकरणको जवाफमा उनले सभापतिका कमी–कमजोरीमा प्रश्न उठाउनु पार्टीविरुद्ध लाग्नु नभई शुद्धीकरणको प्रयास भएको बताएका छन् ।

“..तपाईं रवि लामिछानेको निरंकुशता, व्यक्तिकेन्द्रित व्यवहार र सोचबाट जोगाउन लागिपरेको छु । तपाईंउपर सत्य र प्रमाणका आधारमा प्रश्न उठाउनु पार्टीविरुद्ध लाग्नु होइन,” जवाफमा मुकुलले भनेका छन्, “प्रश्नका माध्यमबाट पार्टी शुद्धीकरण गर्न पाउने नेपालको संविधानले नै दिएको मेरो लोकतान्त्रिक र राजनीतिक अधिकार हो ।”

Dabur Nepal
NIC Asia

उनले लामिछानेले सहकारीको रकम ठगी र भ्रष्टाचार गरेको आरोप लगाएका छन् । “तपाईं रवि लामिछानेले सहकारीमा ठगी गर्नुभएको छ, तपाईंले मन्त्री हुँदा भ्रष्टाचार गर्नुभएको छ र तपाईं राहदानी दुरुपयोग गरेको एक अपराधी हो भनेर म प्रमाणित गर्न सक्छु,” मुकुलले भनेका छन्, “सहकारी मुद्दामा तपाईं ६–८ वर्ष वा त्योभन्दा बढी जेल जान सक्नुहुन्छ । भ्रष्टाचार मुद्दामा पनि जेल जान सक्नुहुन्छ । राहदानी दुरुपयोगमा तपाईं कहिले निर्वाचनमा भाग लिन पाउनु हुन्न ।”

उनले लामिछाने यीसँगै अरू धेरै ठाउँमा किर्ते, ठगीमा संलग्न रहेका दाबी समेत गरेका छन् ।

मुकुल ढकालको जवाफ पढ्नोस्–

efmgmg-1724389497.jpg
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १०:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro