site stats
बाह्रखरी :: Baahrakhari
देश
१९५ विद्यार्थीलाई पाकिस्तानी राजदूत छात्रवृत्ति

काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासले नेपालका १०२ विद्यालयका १९५ विद्यार्थीलाई पाकिस्तानी राजदूत छात्रवृति प्रदान गरेको छ । 

बिहीबार काठमाडौंमा आयोजना गरिएको १३औँ राजदूत वार्षिक छात्रवृत्ति पुरस्कार समारोहमा सो छात्रवृति प्रदान गरिएको हो । अध्ययनमा निरन्तर उत्कृष्ट गरेका विद्यार्थीलाई ल्यापटप पनि प्रदान गरिएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कार्यक्रममा प्रतिनिधिसभाका सांसद एकनाथ ढकालले पाकिस्तानले विशेषगरी शिक्षाको क्षेत्रमा निरन्तर प्राविधिक सहयोग गरेकोमा प्रशंसा गरे । 

राजदूत अब्रार एच हाशमीले पाकिस्तानले छात्रवृत्ति कार्यक्रम र नेपालका उच्च माध्यमिक विद्यार्थीहरूसहित शिक्षाका सबै तहमा सहयोग विस्तार गर्ने प्रयासलाई निरन्तरता दिने बताए ।

पाकिस्तानका राजदूत छात्रवृत्ति कार्यक्रम २०१३ देखि नियमित रूपमा आयोजना हुँदै आएको छ ।

 

प्रकाशित मिति: बिहीबार, असार १२, २०८२  १९:१८
प्रतिक्रिया दिनुहोस्