site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
रूसद्वारा युक्रेनमा ड्रोन तथा मिसाइल आक्रमण

बैंकक । रूसले सोमबार युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गरी गरेको ड्रोन तथा मिसाइल आक्रमण गर्दा कम्तीमा तीनजनाको मृत्यु भएको जनाइएको छ । स्रोतका अनुसार मध्यरातमा सुरु भएको उक्त आक्रमण युक्रेनविरुद्ध रूसको ठूलो आक्रमण हो । 

युक्रेनी वायु सेनाका अनुसार रूसी ड्रोनका धेरै समूहहरू युक्रेनको पूर्वी, उत्तरी, दक्षिणी र मध्य क्षेत्रहरूतर्फ प्रहार भएका थिए । प्रहार भएका हतियारमध्ये केही क्रुज र ब्यालेस्टिक मिसाइलहरू पनि थिए ।

Dabur Nepal
NIC Asia

आक्रमणका कारण भएका विस्फोटको आवाज राजधानी किएभमा समेत सुनिएको र आक्रमणका कारण युक्रेनका मुख्य सहरमा विद्युत् र पानीको आपूर्ति अवरुद्ध भएको किएभका मेयर भिटाली क्लिट्स्कोले बताएका छन् ।

युक्रेनको पश्चिमी सहर लुत्स्कका मेयर इहोर पोलिशचुकले आक्रमणले एक बहुमंजिला आवासीय भवन र पूर्वाधारमा प्रहार हुनुका साथै एक व्यक्तिको मृत्यु भएको बताए ।

मध्य ड्निप्रोपेट्रोभस्क क्षेत्रमा आक्रमणले अर्का एक व्यक्तिको मृत्यु हुनुका साथै आगलागी निम्त्याएको क्षेत्रीय प्रमुख सेरही लिसाकले बताए ।

जापोरिझियाको दक्षिणपूर्वी, आंशिक कब्जा गरिएको क्षेत्रमा पनि एक व्यक्तिको मृत्यु भएको क्षेत्रीय प्रमुख इभान फेडोरोभले बताए ।

युक्रेनको निजी ऊर्जा कम्पनी डिटेकेले 'आपतकालीन ब्ल्याकआउट'को घोषणा गर्दै  विज्ञप्ति मार्फत देशभरका ऊर्जा कामदारहरूले युक्रेनीको घरमा उर्जाको पुनर्स्थापना गर्न लागि पर्न निर्देशन दिए ।

सेनाले आक्रमण पछि छिमेकी देश पोल्याण्डमा, देशको पूर्वी भागमा प्रहरी र नेटो हवाई सुरक्षा सक्रिय भएको जनाएको छ । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  १९:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro