site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विराटनगरमा राधाकृष्ण रथयात्राको तयारी पूरा, पाँच लाख भक्तजन आउने दाबी

विराटनगर । कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने विराटनगरको राधाकृष्ण रथयात्राको तयारी पूरा भएको छ । भदौ ११ गते (मंगलबार) निकालिने रथयात्राको सबै तयारी पूरा भएको मन्दिर व्यवस्थापन समितिका सचिव कृष्ण कार्कीले जानकारी दिए ।

उनका अनुसार यसपटक दिउँसो ३ बजे मन्दिर परिसरबाट रथयात्रा निकालिने छ । रथयात्राले विराटनगर महानगर क्षेत्रका ४३ स्थानमा विश्राम लिने र त्यहाँ पूजापाठको प्रबन्ध गरिएको कार्कीको भनाइ छ ।

Dabur Nepal
NIC Asia

तीनपैनी बजारबाट सुरु हुने यात्रा रोडशेष चोक हुँदै महेन्द्र चोकबाट उत्तरतर्फ बढ्ने छ । कोसी राजमार्गको बरगाछी चोकबाट  पूर्वतर्फ पानीट्यांकी हुँदै मन्दिर पुगेर समापन हुने छ । यसका लागि करिब ५ घण्टा लाग्ने कार्कीले बताए । 

दक्षिण एसियाकै ठूलोमध्ये एक मानिने रथयात्रा अवलोकन गर्न यस वर्ष पाँच लाखभन्दा बढी भक्तजन सहभागी हुने आयोजकको दाबी छ । यसको शुभारम्भ कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गर्ने कार्यक्रम तय गरिएको छ । 

विराटनगरमा वि.सं. १९८८ बाट खटमा राधाकृष्णको प्रतिमा बिराजमान गराएर रथयात्रा निकाल्न थालिएको हो । रथयात्रामा विभिन्न धार्मिक र जातीय सांस्कृतिक झाँकीसमेत प्रदर्शन हुने गर्छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १९:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro