site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बंगलादेशविरुद्ध १०९ सेकेन्डमा नेपालले गर्‍यो दुई गोल 
Tiktok banner adTiktok banner ad

काठमाडौं । साफ यू–२० च्याम्पियनसिपमा नेपालले बंगलादेशविरुद्ध १०९ सेकेन्डमै दुई गोल गरेको छ । प्रतियोगिताअन्तर्गत बिहीबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा समूह ‘ए’को खेलको पहिलो हाफ जारी रहँदा नेपालका समीर तामाङ र निराजन धामीले गोल गरेका हुन् ।

खेलको १७औँ मिनेटको तेस्रो सेकेन्डमा समीरले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए । बंगलादेशको कर्नरलाई नेपाली रक्षकले क्लियर गरेको बललाई बंगलादेशी गोलकिपरबाट खोस्दै उनले खाली पोस्टमा बललाई जाली चुमाए ।

यसको १०९ सेकेन्डपछि नेपालका निराजन धामीले घरेलु टिमको अग्रता दोब्बर बनाए । निराजनले १८औँ मिनेटको ५२औँ सेकेन्डमा गोल गरेपछि नेपालले अग्रता २–० मा पुर्‍याएको हो ।

दुवै टिमले सेमिफाइनल यात्रा तय गरिसकेका छन् । समूह चरणको पहिलो खेलमा नेपालले श्रीलंकालाई १–० ले हराएको थियो । बंगलादेशले पनि श्रीलंकाविरुद्ध २–० को जित निकालेपछि सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

यही भदौ २ गतेदेखि सुरु प्रतियोगितामा कुल ६ टिमको सहभागिता छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १५:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro