site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नियमविपरीत नदीजन्य पदार्थ संकलन गर्नेलाई १६ लाख जरिबाना 

गलकोट । नियमविपरीत उत्खनन गरी नदीजन्य पदार्थ संकलन गर्नेलाई जिल्ला समन्वय समितिले स्थानीय तहको सहयोगमा कारबाही थालेको छ । 

बागलुङ नगरपालिकाले कालाखोला बगर, भाटेखोला बगर, दब्ल्याङ बगर, खनियाघाटलगायत बगरबाट अवैध रूपमा उत्खननन गरी बालुवा तथा ढुंगा संकलन गर्नेलाई कारबाही गर्न थालेको छ । 

Dabur Nepal
NIC Asia

नगरपालिकाले जरिबानास्वरुप क्रसर व्यवसायी तथा नदीजन्य पदार्थको अवैध दोहन गर्नेबाट १६ लाख २२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । 

असारदेखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ निकाल्न नपाइने कानुनी व्यवस्था तथा कालीगण्डकी नदीमा नदीजन्य पदार्थको ठेक्का लगाउन नपाइने सर्वोच्च अदालतको आदेशविरुद्धमा नदीजन्य पदार्थको उत्खनन भइरहेपछि जिल्ला समन्वय समितिले निगरानी बढाएको छ । 

जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले राज्यलाई कर छलेर अवैध रूपमा उत्खनन गरेर थुपारेका बालुका र ढुंगाको परिणाम मूल्यांकन गरी नगरपालिकालाई दण्ड तथा जरिबाना गर्न निर्देशन दिइएको बताए । 

बागलुङ नगरपालिका राजस्व शाखा प्रमुख काशिराम शर्माका अनुसार १३ स्थानमा स्र्रंकलन गरेको बालुवा तथा ढुंगाको राजस्व संकलनका लागि मूल्यांकन भइरहेको छ ।  

जिल्ला समन्वय समितिको रोहबरमा नगरपालिका क्षेत्रका १३ स्थानमा अवैध रूपमा उत्खनन गरिएको बालुवा तथा ढुंगा संकलनकर्तालाई  जरिबाना तिराउन मूल्यांकन भइरहेको नगरपालिकाका इन्जिनियर सोबिन घर्तीले जानकारी दिए । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  ०७:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro