site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सर्लाही र उदयपुरमा भारी वर्षा
फाइल तस्बिर ।

काठमाडौं । सर्लाही, उदयपुरलगायत क्षेत्रमा भारी वर्षा भएको छ । सर्लाहीको पत्थरकोट वर्षामापन केन्द्रलगायत आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

उदयपुरको सुन्दरपुर वर्षामापन केन्द्रमा पनि भारी वर्षा मापन भएको छ । उक्त क्षेत्र भएर बहने त्रियुगा खोलालगायत अन्य स–साना खोलाहरूमा आकस्मिक बाढीको सम्भावना रहेको छ । 

तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागमा रहनेहरूले सतर्कता अपनाउनुपर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही  उत्तरतर्फ छ । जसका कारण वर्षा भइरहेको हो । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  ०६:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro