site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
प्रसारण लाइन सरकारको प्राथमिकतामा : अर्थमन्त्री पौडेल 
फाइल तस्बिर ।

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रसारण लाइन निर्माणको लागि सरकारले उच्च प्राथमिकतामा राख्ने बताएका छन् । प्रसारण लाइन नभएर विद्युत् खेर गएको भन्ने सुन्दै आएको र अगाडि सरकारले त्यति ध्यान नदिएको भन्दै अब सरकारले उच्च प्राथमिकता दिने बताएका हुन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पान र उपाय कार्गोले आयोजना गरेको ‘अनलकिङ इन्भेस्टमेन्ट’ कार्यक्रममा बोल्दै पौडेलले नेपालको नदी प्रणालीको अधिकतम उपभोग गर्नुपर्ने बताए । विद्युत् खपतमा पहिलो प्राथमिकता आन्तरिक खपत गर्ने र बचेको बिजुली अन्तर्राष्ट्रिय बजारमा बेच्नुपर्ने बताए । 

देशभित्र छरिएको पुँजी जलविद्युत् लगानी गर्नुपर्ने बताए । विदेशी लगानीको लागि पनि राम्रोसँग हेरेर मात्र गर्नुपर्ने बताए । लगानी कहाँबाट आएको छ ? आतंकवादको पैसा आएको छ कि ? हेर्नुपर्ने बताए । विधेयकमा पनि लगानीकर्ताको सुझावअनुसार जाने र सुझाव दिन अनुरोध गरे ।

समस्या जहाँ पनि हुने र त्यसलाई टेबलमा राखेर समाधान खोज्नुपर्ने बताए । अझै पनि सुक्खा मौसममा भारतबाट आयात गर्नुपर्ने अवस्था रहेको र यति प्रगति गरौँ भनेर बस्न नहुने बताए ।

अर्थतन्त्र सुधारको प्रमुख क्षेत्र भनेको ऊर्जा क्षेत्र रहेको र यसले हस्पिटल, रोड, विद्यालय पनि बन्ने हुँदा जलविद्युत् मात्र होइन समाज नै विकाश हुने इप्पान अध्यक्ष गणेश कार्कीले बताए । जलविद्युत् नै देश समृद्धिको आधार रहेको कार्कीले बताए । आयोजना निर्माण गर्दा धेरै स्थानीय ठेकेदारहरूले काम पाउने गरेको उनको भनाइ छ ।

यस्तै, जलविद्युत् आयोजनाले सेयर निष्कासन गर्न नपाएको भन्दै धितो पत्र बोर्ड अध्यक्ष चाँडो चयन गर्न सरकारसँग आग्रह गरे । नेपालको जलविद्युत्मा ३२ सय मेगावाट उत्पादनमा रहेको, ३९०० मेगावाट बन्दै गरेको र चार हजार मेगावाट पीपीए भएर बसेको कार्कीले बताए । लगानी गर्ने पैसा नभएको भन्दै सरकारले २० प्रतिशत ऊर्जा क्षेत्रमा लगानी गर्ने नियम बनाउनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १६:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro