site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यी जिल्लाका नदी तथा खोलामा बाढीको जोखिम
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । देशका केही नदी तथा खोलामा आज बाढी आउने सम्भावना रहेको छ । मध्यमदेखि भारी वर्षा भइरहेको र थप वर्षाको सम्भावना रहेकाले बाढीको जोखिम रहेको हो । 

बारा, पर्सा, सिन्धुली, मकवानपुर, चितवन, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर र भक्तपुर र आसपास भएर बग्ने नदी तथा खोलामा बाढी आउने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

काभ्रेपलाञ्चोक, कास्की, पर्वत, बाग्लुङ, म्यादी, बर्दिया, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपास भएर बहने अधिकांश नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने विभागले बताएको छ । 

संखुवासभा, भोजपुर, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, सर्लाही, रौतहट, गोरखा, लमजुङ, रूकुम पश्चिम, जाजरकोट, दार्चुला र आसपासका जिल्ला भएर बग्ने केही स–साना नदीहरूमा बहाव बढ्ने पूर्वानुमान छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १०:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro