site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चितवन, नवलपरासीमा भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह
फाइल तस्बिर ।

काठमाडौं । देशका केही स्थानमा भारी वर्षा भएको छ । मंगलबार बिहान चितवनका भरतपुर, देवघाट, शक्तिखोर, कालीखोला, सखर र आसपास धेरै स्थानमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ ।

“भदौ ४ बिहान ७ः३० बजे । पछिल्लो तीन घण्टामा भरतपुर, देवघाट, शक्तिखोर, कालीखोला, सखर र आसपास धेरै स्थानमा भारी वर्षा भएको र थप हुने देखिएकाले नारायणगढ–मुग्लिङ सडकखण्डका केही साना खहरेहरूमा आकस्मिक बाढी, गेग्य्रान बहावको जोखिम हुनका साथै पहिरोको जोखिम हुनसक्छ । यात्रा गर्दा उच्च सतर्कता अपनाउनहुन अनुरोध छ,” विभागको सूचनामा उल्लेख छ ।

यस्तै, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को डण्डालगायत आसपास क्षेत्रमा भारी वर्षा भएको छ । उक्त क्षेत्रमा आज दिउँसो १२ बजेसम्म सतर्कता अपनाउन विभागले सचेत गराएको छ ।

“भाद्र ४ बिहान ६ः३० बजे । पछिल्लो तीन घण्टामा नवलपरासी (ब.सु.पू) जिल्लास्थित डण्डा वर्षामापन केन्द्रलगायत आसपासका क्षेत्रमा भारी वर्षा भएको र थप हुन सक्ने सम्भावना रहेकोले सो क्षेत्र भई बहने नारायणी नदी, यसका सहायक नदीहरूमा र अन्य स–साना खोलामा बहाव उल्लेख्य बढ्ने भएकाले नदीतटीय क्षेत्रमा रहनुहुनेहरूले दिउँसो १२ बजेसम्म सतर्कता अपनाऔँ,” विभागको सूचनामा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  ०९:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro