site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ललितपुरको कुम्मेश्वरमा आगलागी

पाटन । ललितपुरको कुम्मेश्वरस्थित एउटा घरमा आगलागी भएको छ । कुम्मेश्वर बंगलामुखी मन्दिरको पूर्वतर्फ रहेको अजिरमान बज्राचार्यको घरमा सोमबार आगलागी भएको हो ।

बज्राचार्यको तीनतले घरमा लागेको आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी नरेशराज सुवेदीले जानकारी दिए ।

आगो निभाउन ललितपुर, भक्तपुर र काठमाडौंका ६ दमकल प्रयोग गरिएको थियो । “क्षतिको यकिन विवरण आइसकेको छैन,” उनले भने ।

ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले ग्यास ‘लिक’ भएर आगलागी भएको बताए । उक्त क्षेत्रमा आज मेला लाग्ने भएकाले पुरी, तरकारी बनाउने क्रममा ग्यास चुहिएर आगलागी भएको हुन सक्ने उनको भनाइ छ । रासस

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  १४:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro