site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपालका प्रशिक्षक भन्छन्– खेलाडी दबाबमा पर्दा फराकिलो जित सम्भव भएन

काठमाडौं । नेपाली यू–२० टोलीका प्रशिक्षक उर्जन श्रेष्ठले श्रीलंकाविरुद्ध धेरै अवसर सिर्जना गरे पनि दबाबमा परेर गोल गर्न नसक्दा फराकिलो जितबाट वञ्चित भएको बताएका छन् । आइतबार सातदोबाटोमा समूह ‘ए’को खेलमा श्रीलंकासँग १–० को साँघुरो जित निकाल‍ेपछि उनले आफ्ना खेलाडीले बक्समा धेरै अवसर सिर्जना गरे पनि दबाबमा परेर गोल गर्न नसकेको बताए । 

सहज अवसरमा पनि आफ्ना स्ट्राइकर गोल गर्न असफल हुँदा फराकिलो जितबाट वञ्चित भएको उनको भनाइ छ । यद्यपि, खेलाडीले धेरै मेहनत गरेको उनले बताए ।

उनले योजना र रणनीतिअनुरूप खेलाडीले प्रदर्शन गर्दा जित सम्भव भएको बताए ।  प्रशिक्षक श्रेष्ठले सुरुमै अग्रता लिएको भए खेलको नतिजा अर्कै हुन सक्ने आँकलन गरे । उनले टिमअनुसार खेलेको पनि उल्लेख गरे । अब आफूले अबको दुई दिनभित्र स्कोरिङमा काम गर्ने योजना सुनाए ।

पराजित टोली श्रीलंकाका प्रशिक्षक देवासगयमले आफ्ना खेलाडीमा अनुभवको कमी देखिएको प्रतिक्रिया दिए । उनले आफ्ना खेलाडीले धेरै राम्रो खेले पनि उनीहरूमा अनुभवको कमी देखिएको बताए ।

अन्तिम समयमा धेरै खेल स्थान परिवर्तन भइरहँदा पनि आफूहरूका लागि कठिन भएको उनको बुझाइ छ ।

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १९:४४
प्रतिक्रिया दिनुहोस्