site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
लुम्बिनीमा ‘आनन्द संहिता’को विमोचन

काठमाडौं । लेखक तथा पत्रकार घनश्याम खड्काको उत्प्रेरणादायी पुस्तक ‘आनन्द संहिता’को बुद्धको जन्मस्थल लुम्बिनीमा विमोचन गरिएको छ । बौद्ध धर्माचार्य श्याल्पा तेन्जिङ रिम्पोछेले विमोचनपछि पुस्तकका बारेमा टिप्पणी गर्दै लेखक खड्काको कृतिले मानिसको जीवनमा आनन्द ल्याउने बताए । 

“जीवनमा स्पष्टता नभएकाले अनेक किसिमको उल्झनमा मानिस छन्, यस्तोमा जसले प्रष्ट मार्गदर्शन गर्न सक्छ उही सच्चा मित्र हो”, रिन्पोछे श्याल्पाले भने, “घनश्यामजीले सजिलो तरिकाले बुद्धको दर्शनलाई लेखेर मानिसको मनमा स्पष्टता ल्याउने भूमिका निर्वाह गर्नु भएको छ । उहाँ हामी सबको एक असल मित्र भएर आउनु भएको छ ।” 

पुस्तकले उठाएका सामग्री र प्रस्तुतिले लेखकको विषयवस्तुप्रतिको गम्भीरता र समर्पणलाई पुष्टि गर्ने रिन्पोछेले बताए । आनन्द प्राप्तिका लागि मानिसले आफ्नो सामुन्ने आउने सबै चुनौतीहरूलाई समाधान गर्न सक्नुपर्ने र त्यसो गर्न सक्ने बाटाहरु पुस्तकले प्रदान गरेको रिन्पोछेको विश्लेषण छ । 

Dabur Nepal
NIC Asia

“आज संसारमा विकास धेरै छ । तर, मानिस कम खुसी छन्, जबकी धेरै सुविधा हुँदा मानिस खुसी हुनु पर्ने हो”, उनले भने, “भौतिक उन्नतिले मात्रै खुसी र आनन्द प्राप्त हुँदैन भन्ने यसैबाट सिद्ध हुन्छ, यसका लागि आफ्नै मनको उल्झनलई सुल्झाउन पर्छ र त्यो सुल्झाउने बाटाहरू यी हुन् भनेर पुस्तकमा बडा राम्रोसँग लेखिएको छ ।” 

विमोचनमा संलग्न अर्का वक्ता तथा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले आनन्द संहिताले खुसी कसरी हुने भन्ने दर्शनलाई नेपाली साहित्यमा स्थापित गर्ने बताए । “यो पुस्तकमा जीवनका दुःख र यसका कारणहरूको गहिरो विश्लेषण मात्रै छैन”, उनले भने, “त्यसबाट पार पाउने उपायको बारेमा पनि लेखिएको छ, त्यसैले यो महत्वपूर्ण बन्न पुगेको छ ।” 

लुम्बिनी विश्वविद्यालयका रजिष्ट्रार डा. तिलक आचार्य, सहप्राध्यापक डा. शारदा पौडेल र युवा अध्येता तथा बुटवलस्थित क्यानन माविका प्राचार्य शंकर भण्डारीले पनि पुस्तकले गहन विषयलाई आम मानिसले बुझ्ने गरी प्रस्तुत गरेको बताए । 

लेखक खड्काले जगत कल्याणका लागि बुद्धले देखाएको बाटो संसारले ग्रहण गरिसक्दा नेपालमै भने त्यसबारे थाहा नभएको देख्दा दुःख लागेको बताए । त्यसैले यसबारे आम जानकारी होस् भनेर पुस्तक लेख्ने प्रेरणा मिलेको बताए । आनन्द कसरी मिल्छ भनेर संसारलाई ज्ञान दिने शाक्यमूनी बुद्धको भूमिमा आएर पुस्तक विमोचन गर्ने इच्छा लागेकाले आफू लुम्बिनी आएको उनको भनाइ छ । 

“मानिसहरू जीवनमा कसै न कसैको प्रेममा परेकै हुन्छन्, किन किन म बुद्धको प्रेममा परेको छु” उनले भने, “त्यही प्रेमले गर्दा आफू लुम्बिनीमा पुस्तक विमोचनको उत्सव मनाउन आएको छु ।” 

खड्काले आनन्द पाउने सरल र सोझो मार्ग के हुन सक्ला भन्ने खोज्दै जाँदा अनुभूतिजन्य वोधको धरातलमा पुस्तकको जन्म भएको बताएकाे प्रकाशकले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।  

पुस्तक प्रकाशन संस्था अल्केमी पब्लिकेसन्सका अध्यक्ष विमल खड्काले लुम्बिनीमा ‘आनन्द संहिता’को विमोचन गर्न पाउँदा खुसी लागेको बताए । “नेपाली साहित्यमा बौद्ध दर्शनको पुस्तकको सर्वथा अभाव थियो, आनन्द संहिताले त्यसको थोरै भए पनि पूर्ति गर्न पुगेको छ”, उनले भने, “यस्तो पुस्तक बुद्ध जन्मेको माटोमा उभिएर विमोचन गरौँ भनेर हामी लुम्बिनी आएका हौँ, आज सपना साकार हुँदा अपार आनन्द आइरहेको छ ।” 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १, २०८१  ०९:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro