site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यी जिल्लाका नदीमा बहाव उल्लेख्य बढ्ने
सुर्खेतस्थित भेरी नदीको दृश्य । फाइल तस्बिर : रासस ।

काठमाडौं । देशका केही ठूलासाना नदीमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ । नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस दिन बागलुङ, प्युठान, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट भई बहने अधिकांश साना नदीमा बहाव उल्लेख्य बढ्ने अनुमान छ । यी जिल्लाका केही नदीमा आकस्मिक बहाव हुन सक्ने महाशाखाले जनाएको छ ।

यस्तै, सिन्धुली, मकवानपुर, रामेछाप, सिन्धुपाल्चोक, पर्वत, दैलेख, सुर्खेत, कालीकोट, अछाम, बाजुरा, बझाङ र दार्चुला भई बहने केही साना नदीमा पनि बहाव बढ्ने अनुमान छ ।

अबका तीन दिन कोसी, नारायणी, महाकाली र यसका सहायक नदीहरूको जलसतह सतर्कता तहभन्दा तलै रहने अनुमान छ । कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह पनि सतर्कता तहभन्दा तलै रहने महाशाखाको पूर्वानुमान छ ।

कर्णालीको सहायक नदी भेरीको जलसतह हाल सतर्कता तहनजिक रहेको महाशाखाले जनाएको छ ।

b1-1723779121.jpeg

b2-1723779121.jpeg

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  ०९:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro