site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
टीआरसी विधेयक पीडितमैत्री छ : महेश बर्तौला

काठमाडौं । सत्तारूढ नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने गरी आएको बताएका छन् ।

बुधबाार प्रतिनिधिसभा बैठकमा सो विधेयकमाथिको छलफलमा भाग लिँदै उनले सो दाबी गरेका हुन् । प्रमुख सचेतक बर्तौलाले सो विधेयक पीडितमैत्री रहेको पनि बताए । सशस्त्र द्वन्द्वकालका पीडितहरूले न्याय पाउने गरी सो विधेयकलाई दलहरूले सहमतिको आधारमा विषयगत समितिमा छलफल गरी प्रतिनिधिसभामा पेस गरिएको पनि स्मरण गराए ।

नेपालको शान्ति प्रक्रिया निष्कर्षमा नपुगोस् भन्ने तत्वहरू रहेको भन्दै त्यसप्रति सजग रहनुपर्ने आवश्यकता पनि औल्याए ।

उनले भने, "शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने गरी हामीले यो विधेयक ल्याएका छौँ । आज यहाँ जो कानुन प्रतिवेदनसहित पेस भएको छ । यसले पीडितलाई बेवास्ता गरेको छैन । सशस्त्र द्वन्द्वका सबै पीडितलाई यो कानुनले समेटेको छ । उसलाई न्यायको तहमा ल्याएको छ । अन्तर्राष्ट्रिय कानुनलाई यसले समेटेको छ । सुप्रिम कोर्टको अर्डरलाई यसले नजिरको रूपमा स्वीकार गरेको छ । सबै कुराहरू यसमा हामीले भनेका छौँ । यो पीडितमैत्री छ । मुलुकमा शान्ति प्रक्रियामा निष्कर्षमा नपुगोस भन्नेहरू पनि छन् । त्यसतर्फ सचेत रहनुपर्दछ ।"
 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १६:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro