site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंका नदीमा पानीको बहाव बढाउनेबारे विज्ञसँग उपप्रधानमन्त्रीको छलफल 

काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकाका वाग्मती, विष्णुमतिलगायत नदीमा पानीको बहाव वृद्धि गर्नेबारे विज्ञहरूसँग छलफल गरेका छन् । 

उपप्रधानमन्त्री सिंहले बुधबार मन्त्रालयमा विज्ञहरूसँग छलफल गर्दै वाग्मती, विष्णुमतिलगायत नदीमा सफा पानी बगाउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका बारेमा सुझाव लिएका हुन् । 

“नदीमा पानी नबग्दा दुर्गन्ध फैलिइरहेको छ । पानी बगाइरहँदा केही कम हुन्छ कि भनेर केही  स्थानमा बोरिङ गरेर भए पनि पानीको प्रवाह बढाउने सोचमा छौँ,” उपप्रधानमन्त्री सिंहले भने, “यसमा विज्ञहरूबाट राम्रा सुझाव आएका छन् ।”

मन्त्रालयका सचिव मणिराम गेलालले तत्काल पानीको बहाव वृद्धि गर्न सुन्दरीजलदेखि टेकुसम्म केही स्थानमा बोरिङ गरेर पानी बगाउने, शंखमूलदेखि कुपण्डोलसम्म पानी जमाएर बोटिङ सञ्चालन गर्नेलगायत विषयमा विज्ञहरुसँग राय लिएको बताए । 
 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १५:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro