site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विश्वप्रकाश शर्मा भन्छन्– तीनकुने घटना छानबिनका लागि न्यायिक समिति बनाऔँ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले न्यायिक समितिको मापदण्डबारे प्रश्न उठाएका छन् । 

राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसिभा सदस्यसमेत रहेका शर्माले तीनकुने घटनाको छानबिनका लागि न्यायिक समिति बनाउन समितिले ध्यानाकर्षण गराउनुपर्ने बताए । 

“बालकुमारीमा तत्कालीन मन्त्रीको गाडी जलाउँदा र दुई युवकको मृत्यु हुँदा छानबिन समिति बनाइयो । न्यायिक समितिको मापदण्ड के हो ?,” शर्माले भने, “तीनकुने घटनाको छानबिनका लागि पनि न्यायिक छानिबन समिति बनाउन समितिले ध्यानाकर्षण गर्नुपर्छ ।” न्यायिक छानिबन समितिको मापदण्डबारे भने स्पष्ट हुनुपर्ने उनको धारणा छ । 

समग्र छानबिनका लागि सरकारले न्याय समिति बनाउनुपर्ने उनले बताए । 

राजावादीको प्रदर्शनका क्रममा गत शुक्रबार तीनकुने घटनामा दुईजनाको मृत्यु भएको थियो । केही घर तथा सार्वजनिक सम्पत्तिमा आगजनी भएको थियो । उक्त घटनाका विषयमा गृहमन्त्री रमेश लेखकलाई बोलाएर छलफल गर्नुपर्ने शर्माले बताए । 

प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  १२:४४
प्रतिक्रिया दिनुहोस्