site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
भुटानी शरणार्थी, सहकारी प्रकरण र गिरीबन्धु सरकारले भुल्नुहुँदैन : गगन थापा 

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भुटानी शरणार्थी प्रकरणबारे सरकारले दोषी उम्कदैन भन्ने आश्वस्त पार्नुपर्ने बताएका छन् । 

आजको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले अघिल्लो सरकारले जहाँ टुंग्याएको छ त्यसबारे जानकारी गराउनुपर्ने बताए । 

“अघिल्लो सरकारले भुटानी शरणार्थीको विषय जहाँ टुंग्याएको छ । सरकारले प्रष्टसँग भन्नुपर्छ, यति अनुसन्धान भइरहेको छ । यति अभियोजन भएको छ । यति थप अनुसन्धान हुन्छ । अदालतमा विचाराधीन छ । यो विषयमा निर्दोष एउटा पनि छुट्दैन दोषी एउटा पनि उम्कदैन । यो विषयमा कहीँ तलामाथि हुँदैन भनेर आश्वस्त पार्नुपर्छ,” थापाले भने । 

गिरीबन्धु टि स्टेटका विषयमा अदालतले दिएको ०८० माघ २४ गतेको आदेश जुन सरकार आए पनि पालना गर्नुपर्ने बताए । 

सरकारले जे गर्नुपर्ने हो त्यो गर्नुपर्ने उनको भनाइ छ । 

अदालतको आदेशअनुसार सरकारले गर्नुपर्ने उनको भनाइ छ । 

“सरकारले गिरीबन्धु यो हुन्छ, त्यो हुन्छ होइन । एक्सन चाहियो । तुरुन्त जग्गा फिर्ता ल्याउनुपर्‍यो । देशभरी जसले जग्गा दुरुपयोग गरेको छ, त्यो खोसिनुपर्‍यो,” थापाले भने ।

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १४:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro